Khabar Samachar

एमालेले आज चितवन र बुटवलमा चुनावी सभा गर्दै

215
VIEWS

नेकपा एमालेले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी छ ।

मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् । यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै बुटवलमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । बुटवलमा एमालेले बाबुराम भट्टराईलाई र सत्ता गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर पदको उम्मेदवार बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित