Khabar Samachar

मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश

217
VIEWS

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम एकता समाज काठमाडौंको सिंगो समिति एमालेमा प्रवेश गरेको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजसम्वद्ध सबै सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष कमालले एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरु एमाले समाहित भएको बताए ।समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य जनजाति संस्थामा आवद्ध रहेका क्रियाशील अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेविरुद्ध अहिले निर्माण भएको गठबन्धनलाई आगामी वैशाख ३० गते हुने निर्वाचनमार्फत जवाफ दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित