Skip to main content

Khabar Samachar

Search
Close this search box.

रामेछापको सिङ्गो वडा नै एमालेमा प्रवेश

212
VIEWS

रामेछाप । मन्थली नगरपालिकाको एउटा सिङ्गो गाउँ नै एमाले प्रवेश गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा वडा नं २ भरुवा सिखर कटेरीका गाउँलेहरू कांग्रेस र माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गर्नुभएको हो । सो गाउँबाट ७५ जना एमाले प्रवेश गरेको वडा नं २ का वडाध्यक्ष उम्मेदवार सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्नुभएकालाई एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेल, वाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतम, मन्थली नगरपालिका प्रमुखका उम्मेदवार लब श्रेष्ठ लगायतले स्वागत गर्नुभएको थियो । कांग्रेस माओवादी चुनावमा भोट माग्ने बेलामा मात्र आउने तर त्यस पछि गाउँमा कहिल्यै नफर्कने तथा दुःख सुख बुझ्न नआएको कारण आफूहरू एमालेमा प्रवेश गरेको स्थानीयले बताउनुभयो ।

जनताको दुःख बुझ्ने पार्टी नेकपा एमाले भएकोले एमाले रोजेको उहाँहरूले बताउनुभयो । अब सिङ्गो बस्ती नै एमालेमय भएको उहाँहरूले जानकारी दिनुभयो ।

एमालेका वडाध्यक्ष उम्मेदवार सुरेन्द्र कार्कीले नागरिकले आफू प्रति गरेको विश्वास मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । हिजो वडाध्यक्षको चुनाव हार्दा पनि आफू जनताकै साथमा रहेको र चुनाव जितेपछि पनि जनताको समस्या समाधानको लागि निरन्तर लागि रहेन प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य ध्रुवकुमार कार्की, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, एमाले उपप्रमुखकी उम्मेदवार ईश्वरी बस्नेत, जिल्ला कमिटी सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित