Khabar Samachar

वैशाख ३० गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो : केपी ओली

201
VIEWS

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।

उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।
‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताए ।
‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरे । ‘ज्योतिषीहरूको भनाइ सबैभन्दा ठुलो खड्को वैशाख ३० हुन्छ भन्ने छ । हुनसम्म हुन्छ, ढाडै भाच्चिनेगरी । कस्तो दिन छानेर उहाँहरुले राख्नुभएछ ?’, ओलीले प्रश्न गरे । यसअघि अध्यक्ष ओलीले असार १७ गते गठबन्धनबारे टिप्पणी गरेका थिए । तर पत्रकार सम्मेलनमा ओलीलाई असार १७ गते के हुन्छ ? भनेर प्रश्न गर्दा उनले भने, ‘त्यो ज्योतिषीलाई सोध्नुस् ।’

गठबन्धनप्रति विष वमन गरेकाे हाे भन्ने प्रश्न साेध्ने पत्रकारलाई अध्यक्ष ओलीले उल्टै प्रश्न गर्नुभयाे – विष वमन भनेकाे के हाे ? साे प्रश्न साेध्ने पत्रकारलाई उहाँले तपाईं माओवादी हाे भन्दै उल्टै प्रतिप्रश्न गर्नुभयाे ।

एमाले सत्य र तथ्यमा आधारित भएर बाेल्ने पार्टी भएकाे भन्दै अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धन र साे गठबन्धनका नेताकाे भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे -‘विषवमन गर्ने कामको एब्सुलुट नेतृत्वकर्ता गठबन्धन हो,उनीहरुका कुरा सुन्नुन, के-के भन्दै हिँडेका छन्, जे पनि बाेल्दै हिँडेका छन् ।’

विष वमनकाे प्रसंगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कुरा जाेड्दै उहाँले भन्नुभयाे – ‘देश दुर्घटनामा जाँदैछ भनेर थर्काउन पाइन्छ ? एमालेका कार्यकर्तालाई घरमै गएर माओवादीले आक्रमण गरेकाे छ,यदि मेरी छाेरीलाई जिताउँदैनाैं भने ठूलाे दुर्घटना हुन्छ, जसरी पनि हँसिया हताैडामा छाप लगाउनुपर्छ, हाेइन भने दुर्घटना हुन्छ,मेरी छाेरीलाई भाेट दिए म उत्साहित हुन्छु, त्यसाे भयाे भने याे गटबन्धन २० वर्ष टिकाउन पनि तयार छु,यहि भनेका हाेइनन् ? याे अपराधी गठबन्धन हाे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित