Khabar Samachar

Search
Close this search box.

भरतपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिको धारिलाे हतियार प्रहार गरी हत्या

220
VIEWS

चितवनको भरतपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिको धारिलाे हतियार प्रहार गरी हत्या भएको छ ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित