Skip to main content

Khabar Samachar

Search
Close this search box.

ब्राउन सुगरसहित चार जना पक्राउ

204
VIEWS

रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाका आधारमा सुरु गरिएको खानतलासीका क्रममा सुरुमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो।

सोही क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्न प्रयोग गरिने प्लास्टिकका टुक्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ। उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी लाबुङले जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित