कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश गरेको छ ।
साेमबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार रवि लामिछानेसहितको मुद्दा संसोधनका लागि सरकारी वकिल कार्यालयले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो ।
सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश गरेको छ । यसअघि रूपन्देही अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
































Discussion about this post