Khabar Samachar

Search
Close this search box.

बसन्तपुरमा ठड्याइयो चीर, सुरू भयो फागु पूर्णिमा

205
VIEWS

यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ।

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।

मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ।

यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन १८ गते  र तराई मधेसका जिल्लाहरूमा फागुन १९ गते होली पर्व परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित