नेपाली कांग्रेस काठमाडौंमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहले प्यालनसहित सभापतिमा उम्मेदवारी घोषणा गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित विशेष कार्यक्रममा सह–महामन्त्री डा.प्रकाशशरण महतले सभापतिमा उपेन्द्र कार्कीको नाम घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा सिटौला निकटका नेता भीमशेनदास प्रधानको पनि उपस्थिति रहेको थियो ।

वडा तहको अधिवेशनदेखि नै अघोषित सहकार्य गर्दा देउवा–सिटौला समूहले काठमाडौंमा उल्लेख्य जित हासिल गरेको छ ।

कार्कीको प्यानलमा उप–सभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ रहेका छन् । सचिवमा सागरदास रञ्जित छन् । सह–सचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय