Khabar Samachar

Search
Close this search box.

कमेडी दरबारको तेस्रो सिजन आउँदो वैशाख ४ गतेदेखि प्रशारण

204
VIEWS

कमेडी रियालिटी शो कमेडी दरबारको तेस्रो सिजन आउँदो वैशाख ४ गतेदेखि प्रशारण हुने भएको छ । नयाँ सिजनमा दर्शकले केही नयाँ स्वाद पाउने भएका छन् ।

करिब तीन महिनाको अन्तरालपछि नयाँ सिजन प्रशारण हुन लागेको हो । यस सिजनमा सेट डिजाइन र प्रस्तुतिमा परिमार्जन गरिएको निर्माण टिमले जनाएको छ । कमेडी दरबारका महाराज र महारानीमा मनोज गजुरेल र गौरी मल्ललाई निरन्तरता दिएर ‘रानी’ का रुपमा अभिनेत्री दिया मास्केले इन्ट्री गरेकी छन् ।

यस्तै, कलाकार टीममा पनि फेरबदल भएको छ । यसअघि दुई सिजनमा सहभागी दुई कलाकारहरु उत्सव सापकोटा र हिमेश पन्त बाहिरिएका छन् । उनीहरुको स्थानमा तीन नयाँ कलाकार थप गरिएको छ । थपिनेमा सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा रहेका छन् । सन्तोष प्रतिस्पर्धी रियालिटी शो कमेडी नाइट्स विथ च्याम्पियन्स छोडेर कमेडी दरबारमा आएका हुन् । उनी कमेडी च्याम्पियनका उत्पादन हुन्।

दिनेश काफ्ले क्यारिकेचरमा चर्चित छन् । उनले आफ्नै शोको तयारी गरेका थिए । त्यो ल्याउन नसकेपछि उनी कमेडी दरबारमा जोडिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित