पत्रकार दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
स्वर्गीय सिटौलाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै चलचित्र क्षेत्र, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थितिमा चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा चलचित्र विकास बोर्डका पदाधिकारी, चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। श्रद्धाञ्जलीपश्चात केहीबेरमा पशुपति आर्यघाट लगिनेछ।
सिटौलाको आइतबार निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो।
‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका दिनेश सिटौला अछाममा बेहोस भएका थिए। उनी माघ १६ गते बिहान पौने १० बजे एकाएक लडेका थिए।
प्रारम्भिक उपचारका लागि अछाम अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास गइसकको थियो। पछि उनलाई कार्डियोपल्मोनरी रेससिटेशन (सिपिआर) गरी ४५ मिनेटपछि मुटुको चाल फर्किएको ग्राण्डी अस्पतालले जनाएको छ।





























Discussion about this post