Khabar Samachar

Search
Close this search box.

चन्द नेतृत्वको नेकपा विभाजित,नेकपा (बहुमत) पार्टी गठन

206
VIEWS

चन्द नेतृत्वको नेकपा विभाजित भएको छ् । 

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औंपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ।

कतिपय केन्द्रिय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए।

उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे।

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए । उनले नयाँ (आफ्नो) पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे ।

‘महासचिव विप्लव समूहले कतिपय केन्द्रिय सदस्यहरुलाई नै एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि आफूहरुले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौं’, संयोजक बास्तोलाले भने, ‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं। केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौं।’

सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित