Khabar Samachar

चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरात १२ बजेदेखि मौन अवधि शुरु

204
VIEWS

स्थानीय तहको चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुने निर्वाचन आयोगले बताएको छ। राति १२ बजे सम्म मात्र प्रचारप्रसार गर्न पाइने छ ।

 यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ।

शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।

आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ।

मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ।

सामाजिक सञ्जालबाट चुनावी प्रचार गरेको पाइए हटाइने पनि आयोगको भनाइ छ। यसका लागि निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित