Khabar Samachar

Search
Close this search box.

पश्चिम सेती भारतलाई दिने तयारी

203
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको जिम्मा भारतलाई दिने तयारी भइरहेको बताएका छन्।

स्थानीय तहको चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको बताए।

बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा त्यससम्बन्धमा थप कुरा हुने देउवाको भनाइ छ।

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउँदा भारतीय कम्पनीसँग पश्चिम सेती निर्माणबारे सम्झौता हुनसक्ने देउवाको भनाइ छ।

पश्चिम सेती परियोजना आन्तरिक लगानीमा निर्माण गर्न नसकिने र चिनियाँ कम्पनीले बनाउँदा भारतले बिजुली नकिन्ने भएकाले भारतलाई नै निर्माणको जिम्मा दिने गरी छलफल भइरहेको देउवाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित