Khabar Samachar

रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या, परिवारको किटानी जाहेरीपछि माओवादी कार्यकर्ता पक्राउ

209
VIEWS

रुकुम पूर्वमा चुनावी प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिला कार्यकर्ताको हत्या भएको अवस्थामा शव भेटिएको छ। पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लोसेराकी ३८ वर्षीया ठुँटी बुढा मगर भनिने जुनुमायाको हत्या गरिएको अवस्थामा शव भेटिएको हो। 

वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए ।

बैशाख १९ गते उक्त क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि ती महिला सम्पर्कविहीन भएकी थिइन्। खोजतलास गर्ने क्रममा सोमबार ती महिलाको शव तीन किलोमिटर टाढा जंगलमा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले हराइरहेकी महिलाको शव भेटिएको पुष्टि गरे।

घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो ।

शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको बताए । रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।

जुनमायाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व प्रहरीले घटनाको अनुसन्धानका लागि पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई पक्राउ गरेको छ।

डीएसपी डाँगीले मृतक महिलाका परिवारको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पीडित पक्षले जाहेरीमा अन्य मानिसहरुको नामसमेत किटानी गरेको छ। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए । उनले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए ।

मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे । मृतकको कानबाट रगत बगेको, शरिभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको देखिने एमाले नेता न्यौपानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित