Khabar Samachar

भरतपुरमा जगन्नाथ पौडेललाई सघाएका पूर्वसांसदसहित पाँच नेता कांग्रेसबाट निलम्बित

204
VIEWS

काठमाडौं– नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गरेको अभियोगमा थप पाँच जनालाई कारबाही गरेको छ। उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

उनीहरु भरतपुरमा गठबन्धनकी रेनु दाहालविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा उभिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित