Khabar Samachar

प्रचण्ड बिरुद्द निर्वाचन आयोग कार्यालयमा मौखिक उजुरी

206
VIEWS

भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार प्रचण्डले चितवनमा गरेको दौडधुपको विषयमा मौखिक उजुरीहरू परेका छन्। ‘लिखित उजुरी त आएको छैन, मौन अवधिमा मतदाता भेटेर आचारसंहिताको धज्जी उडाइयो यसलाई रोक्नुपर्‍यो भनेर मौखिक उजुरी आइरहेको छ,’  स्रोतले भन्यो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका उम्मेद्वार रेनु दाहालको विषयमा त केही लिखित उजुरी नै परेका छन्। पर्चा बाँडेको, महानगरको स्रोत साधन दुरुपयोगलगायतका विषयमा दाहालविरुद्ध उजुरी परेको स्रोतले बतायो।

गठबन्धनको अर्को दल नेपाली कांग्रेसका नेता शंकर भण्डारी पनि भरतपुर बसेर मतदातालाई भेटिरहेका छन्। उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा रहेका कार्यकर्ता तथा मतदातालाई भेटेर गठबन्धनतिर तान्न प्रयास गरिरहेका छन्। उनले भरतपुर हाइटमा रहेको होटल सिराइचुलीमा बसेर मतदातालाई फकाउने गरेका छन्।

मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न नपाउने भनिए पनि पार्टीका केन्द्रीय नेतानै मतदातालाई प्रभावमा पार्नेगरि दौडधुप गरिरहेका छन्। भरतपुरको निर्वाचनलाई लक्षित गरेर उनीहरूले आचारसंहिताको ख्यालै नगरी मतदातासँग भोट मागिरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबारबाटै चितवनमा छन्। स्थलमार्गहुँदै भरतपुर आइपुगेका उनले बुधवार भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेद्वार रेनु दाहालको निवासमा बसेर कार्यकर्तालाई भेटेका थिए।

स्थानीयबासीकाअनुसार प्रचण्डले राति अबेरसम्म छोरी रेनुको निवासमा बसेर कार्यकर्ता भेटेका थिए। उनी त्यहाँ रहँदा नजिकको सडकमा पार्किङ गरिएका गाडीको लाम लागेको थियो।

त्यसअघि उनले भरतपुरको एक होटलमा भेला राखेर गठबन्धनका उम्मेदवारलाई जिताउने गरि लाग्न निर्देशन दिएका थिए। उक्त भेलामा कांग्रेसका नेता शंकर भण्डारी पनि सहभागी थिए।

प्रचण्डले बिहीबार पश्चिम चितवन र माडीका विभिन्न ठाउँमा पुगेर मतदाता भेटेका छन्। बिहानै माडी पुगेका उनले त्यहाँको एक होटलमा बसेर गठबन्धनका नेता, उम्मेदवार, मतदातालाई भेटेका थिए। माडीमा पनि गठबन्धनबाट माओवादी केन्द्रले मेयर पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित