Khabar Samachar

तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

209
VIEWS

तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जोशीमाथि मतपत्र च्यातेको आरोप लागेको बताए । ‘उहाँले मत पत्र च्यात्नुभएछ । आक्रोशमा स्थानीय कांग्रेस कार्यकर्ताले दुर्व्यवहर गरेछन् । उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुन्छ । सामान्य चोटपटक हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित