Khabar Samachar

कांग्रेस नेता कुन्दन काफ्लेविरुद्ध नगद र सुन लुटपाटको उजुरी

225
VIEWS

चरिकोट । बुथ कब्जाले बदनाम बनेको दोलखामा यस पटक पनि कम्तीमा चार वटा बुथ कब्जा भएका छन् ।

बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ गैरीमुदीमा झडपपछि नेपाली कांग्रेसले एकलौटी मतदान गरेको आरोप एमाले र माओवादीले लगाएका छन् ।

त्यस्तै वडा नम्बर २ र ३ मा पनि बुथ कब्जा भएको छ । त्यस्तै तामाकोसी वडा नम्बर ३ कालापानी र वडा नम्बर ४ मालुमा गठबन्धनले एमालेलाई लखेटेर एकलौटी मतदान गरेका छन् ।

डिएसपी गंगा पौडेलले ती बुथहरूमा झडप भएको पुष्टि गरे । यसैबिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले एमालेका उम्मेदवारको घरमा पसेर लुटपाट र कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् ।

काफ्लेसहितको टोलीले तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेमा एमालेका वडा सदस्य उम्मेदवार कृष्णबहादुर तामाङको घरमा पसेर तोडफोड गरी उनका बुबा आमामाथि कुटपिट गरेको उजुरीमा उल्लेख छ ।

काफ्लेसहितको टोलीले घरभित्रबाट २ लाख ५० हजार नगद र तीन तोला सुन लुटेर लगेको तथा घरमा क्षति पुर्‍याएको भन्दै तामाङले कारबाहीको माग गरेका छन् ।

उनले कुन्द काफ्लेसहित चन्द्र गणेश काफ्ले, दीपक पोखरेल, चिरञ्जीवी काफ्ले र दीपक ढकालविरुद्ध किटानी जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित