Skip to main content

Khabar Samachar

Search
Close this search box.

उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो

221
VIEWS

उदयपुर- उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्दा एक किशोरको मृत्यु भएको स्थानीयले दाबी गरेका छन्। घटनामा एकजना घाइते भएका छन्।

 

कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिए।

त्यहाँका स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा करिब २० वर्षीय प्रवीण कटुवालको गोली लागेर ज्यान गएको छ।

स्थानीय छत्र कटुवालले प्रवीणको घटनास्थलमै मृत्यु भएको बताएका छन्। तर प्रहरीले पनि मृत्युको पुष्टि गरेको छ।

अर्का १० वर्षीय बालकको खुट्टामा गोली लागेको छ। घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेकाले थप विवरण आउन सकेको छैन।

पानी परिरहेकाले सम्पर्क हुन नसकेको प्रहरी प्रमुख बोहोराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित