Khabar Samachar

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी

214
VIEWS

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित