Khabar Samachar

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

208
VIEWS

नुवाकोटको दुप्चेस्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ बाट माओवादीका सीताराम तामाङले ६८८ मत प्राप्त गरी विजयी हुन् भने वडा नम्बर २ मा समेत माओवादी केन्द्रकै बीरबल तामाङले ७७५ मत पाएर विजयी भएका छन् ।

तामाङको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले ७०१ मत प्राप्त गरेका छन्।  यी दुई वडामा अध्यक्षसहित अन्य सदस्यहरूमा समेत माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

यता गाउँपालिकाको प्रमुख र उपप्रमुखमा समेत माओवादी केन्द्रकै उम्मेदवारहरूले लिड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित