Khabar Samachar

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेन शाहसँग भेटघाट

212
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए।भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।

‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले सेतोपाटीसँग भने,‘काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेसको बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित