उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ ।
तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।
पल शाहले आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए।
Discussion about this post