Khabar Samachar

नेपालगञ्जमा भएको घटनाप्रति पूर्व राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

211
VIEWS

नेपालगञ्जमा भएको राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । सालिक स्थापनाको विषयमा भएको घटना अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ ।

राट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुन:स्थापना गर्ने कार्यमा अवरोध पुर्‍याइएको भन्दै सो घटनाबाट आफू स्तब्ध भएको उनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

‘नेपालगञ्जबासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुन:स्थापना गर्ने कार्यप्रति अवरोध पुर्‍याइएको घटनाबाट हामी स्तब्ध भएका छौं’, पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ ।

‘इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ’ शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाइएको घटनाबाट हामी स्तव्ध भएका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह,  युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’

जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुरयाउने महानुभावहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको विज्ञप्तिमा भनिएको छ ।  ‘इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो’ विज्ञप्तिमा भनिएको छ । नेपालगञ्जमा आज वीरेन्द्रको सालिक राख्ने क्रममा झडप भएको थियो र प्रहरीले सालिक राख्न दिएको थिएन । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको र केहिलाइ पक्राउ समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित