Khabar Samachar

रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते

217
VIEWS

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमा क्षेत्रमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पाैडेलले जानकारी दिए।घाइतेहरुकाे उद्धार गरेर प्रहरीले अस्पताल लगेको  थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित