Khabar Samachar

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन सक्छ : माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ

206
VIEWS

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन्।

माओवादी प्रमुख सचेतकसमेत रहेका गुरुङले ओली र नेता श्रेष्ठबीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि सामान्य रुपमा लिनुपर्ने पनि बताए।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा गुरुङले माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी ओली शर्माबीच बालकोटमा भएको भेटको सन्दर्भमा यस्तो बताएका हुन्।

‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ’, उनले भने, ‘विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानी तह निर्वाचनमा जानु परेको हो।’

गुरुङले पार्टीका वरिष्ठ नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया पनि दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित