Skip to main content

Khabar Samachar

Search
Close this search box.

निशुल्क आखा जाँच शिबिर सम्पन्न

274
VIEWS

ललितपुर महालक्ष्मी नगरपालिका– ०५ मा  एक दिने निशुल्क आँखा शिबिर एब औषधी बितरण कार्यकम सम्पन्न भएको छ । बि एम एस नेपाल ( समजका लागी सुन्दर मनहरु ) को आयोजना, मेट्रो आई सेन्टरको सुबिधनगर तिनकुनेको प्राविधिक सहयोग तथा ललितपुर महालक्ष्मी नगरपालिका– ०५ ,महेन्द्र ग्राम मा बी , ललितपुर महालक्ष्मी नगरपालिका– ०५ र टिकेश्वोर् सहकारी – ०५  द्वारा संचालित उक्त शिविरमा ४६० जनाले निःशुल्क आँखा जाँच गराएका छन् । शिबिरमा बालबालीकादेखि ९१ बर्ष सम्ममा बृद्धबृद्धाहरुको सहभागिता रहेको थियो ।

निशुल्क आँखा शिबिर सन्चलनमा सहयोग गरेको भन्दै ललितपुर महालक्ष्मी नगरपालिका– ०५ वडा अध्यक्ष कपिल के सी बाट आयोजक टिम तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिक र खास गरी जेष्ठ नागरिक, महिला तथा बालबालिकाको सहज पहुँच पुर्याउनु पर्नेमा उनको जोड दिदै। सोही कार्यका लागि आफुहरु निरन्तर प्रयासमा लागिरहेको आयोजक सस्था  बि एम एस नेपाल ( समजका लागी सुन्दर मनहरु ) का अध्यक्ष शिशिर राज पाण्डेले बताउनु भयो। ।

आँखा जस्तै अन्य रोगहरुको पनि यस्तै गरेर शिबिर मार्फत भएपनि सेवा दिने योजना रहेकाले सबैको साथ र सहयोगको खाँचो रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित