Skip to main content

Khabar Samachar

Search
Close this search box.

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

205
VIEWS

सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।

एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे बहस सुरु भएको थियो । उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको ‘१० बुँदे मस्यौदा’ सार्वजनिक भएपछि यसको चर्को विरोध भयो ।

सत्तारुढ र विपक्षी सांसदहरुले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदलाई एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण दिएका थिए । नेपाली सेनाले पनि १ असारमा वक्तव्य जारी गर्दै एसपीपीम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको बताएको थियो ।

तर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मै एसपीपीमा सहभागी गराउन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएपछि परिस्थिति फेरियो ।

सेनाले प्राकृतिक विपदमा सहकार्य गर्ने उद्देश्यले एसपीपीमा सहभागी गराउन २०१५ सँगै २०१७ मा पनि पत्र लेखिएको, तर आईपीएस अन्तर्गत लगेपछि पुनरावलोकन गर्न सरकारलाई भनेको बतायो । एमाले नेताहरुले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले २०१९ मै एसपीपी अघि नबढाउने दाबी गरे ।

अमेरिकी अधिकारीहरुले पनि नेपालले चाहे सहभागी नहुनसक्ने बताएपछि एसपीपीबाट अलग हुने जानकारी गराउन सरकारमाथि चर्को दबाव परेको थियो । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार विहान मात्र प्रधानमन्त्रीलाई भेटेर एपीपीमा सहभागी नहुने औपचारिक जानकारी अमेरिकालाई पत्र लेख्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित