Khabar Samachar

बालिका बलात्कारको आरोप लागेका अभियुक्त सुदनबहादुर कोइराला जेल चलान

259
VIEWS

काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर गरिएको नाबालिग बलात्कार प्रकरणका अभियुक्त जेल चलान भएका छन्।

जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पुर्पक्षका लागि थुनामा गएका हुन्।

एलओडीमा मदिराले मातेकी एकजना किशोरीलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको अभियोग कोइरालालाई लागेको थियो।

कोइरालाले गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरीलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो।

उनलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो।

त्यस्तै ती नाबालिगलाई एलओडीका प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल  हाजिरी जमानीमा छुटेका छन्।

उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सीताराम रिजालले दुवैजनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित