Khabar Samachar

नेविसंघले राख्यो घन्टाघरमा ‘सेभ त्रिचन्द्र’ को ब्यानर

205
VIEWS

नेविसंघले काठमाडौंको घन्टाघरमा आज ‘सेभ त्रिचन्द्र’ लेखेको ब्यानर राखेको छ। नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम गरेर दबाब दिइएको बताए।

सरकारले बजेटमा त्रिचन्द्रलगायत क्याम्पस तथा विद्यालयका भवनहरू पुनर्निर्माण गरिने उल्लेख गरेको थियो।

यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।

२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेपछि अति जोखिमको संकेत स्वरुप रातो स्टिकर लगाइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माण गर्ने भनिए पनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर त्यसको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको छ । शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो हप्ता नेविसंघले क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो ।

त्रिचन्द्र क्याम्पसका नेविसंघका नेता गोविन्द कोइरालाले भवन पुनर्निर्माण नभएसम्म यस्तै खालका रचनात्मक कार्यक्रम गरेर दबाव दिइरहने बताए ।

घण्टाघर तर्फको भवनामा नेपाली, तथ्यांक, मनोविज्ञान, दर्शनशास्त्र, मेट्रोलोजी, जिओलोजी लगायतका विभागहरु थिए । तर त्यहाँको भवन भत्किएर जिर्ण भएकाले ति विभागहरु अर्को भवनमा सारिएको छ । विभाग राखिएका ठाउँ साँघुरो भएको र पढ्ने कक्षा कोठा पनि अभाव भएको उनले बताए ।

त्रिचन्द्रमा चार हजार विद्यार्थी रहेको तर स्थान अभावले पढाइमा समस्या भएको उनले बताए । भवन पुनर्निर्माण भए पढाइ सहजरुपमा सन्चालन हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित