Khabar Samachar

माधव नेपाल सन्यास लिनुस्, मुख नछाड्नुस् : योगेश भट्टराई

204
VIEWS

 

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।

‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ उनले भने।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले ‘एमालेका १० भाइहरू दास भएर बसेको’ टिप्पणी गरेका थिए।

राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धूलो उडाउनुको तुक नरहेको पनि भट्टराईले बताए।

भट्टराईले भने, ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु। उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँड्नुभएका छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई रिअलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन। माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन। उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ।’

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरूले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए। उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे।

सांसद भट्टराईले भने, ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन। त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ। शर्त राखेर जानुको कुनै अर्थ छैन। समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन।’

‘उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरूलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने। संन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित