Khabar Samachar

नवनियुक्त तीनजना मन्त्रीको शपथग्रहण आजै साढे ४ बजे हुने

209
VIEWS

जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ।

सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्।

 

जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।

जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए।

उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सुरु भएको छ । जसपाबाट मन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन् ।

हालै नेकपा एकीकृत समाजवादीले पनि पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै विरोध पनि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित