Khabar Samachar

विवादमा आएपछि अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव

208
VIEWS

बजेट निर्माणलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । उनले मंगलवार मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्। बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उनले जानकारी गराएको बताइएको छ ।उनले बिदाको अवधि भनेको नतोकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माका कारण आफूमाथि समेत प्रश्न उठेपछि उनले बिदा लिएका हुन्। मरासिनीले आफू निकटस्थसँग अर्थमन्त्री शर्मा रहँदासम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्। प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै अहिले विरोध चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित