Khabar Samachar

बाबुराम पक्षले बोलायो जसपा केन्द्रीय समिति बैठक

209
VIEWS

जनता समाजवादी पार्टी, नेपालमा विवाद बढिरहँदा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको पक्षले केन्द्रीय समितिको विस्तारित बैठक डाकेको छ।

बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका जसपा नेता विश्वदीप पाण्डेले बताएका छन्।

केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजनाबारे छलफल गर्ने एजेण्डा तय भएको जसपाका एक नेताले जानकारी दिए । उनकाअनुसार बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने छ ।

जसपामा आन्तरिक विवाद बढेका बेला एकै समयमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारिक बैठक र अध्यक्ष उपेन्द्र यादवल पक्षले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका छन् । त्यसअघि बाबुराम पक्षको विस्तारित बैठक २८ गतेदेखि सुरु हुनेछ ।

यसैबीच अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजननजिक पुगिरहँदा यादव पक्षले भट्टराईले डाकेको बैठकलाई अवैधानिक भनेको छ।

गत असार १३ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते वीरगञ्जमा बस्ने बैठक यथावत रहेको बताइएको छ।

तर काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै अध्यक्ष यादव पक्षले त्यसलाई अवैधानिक भनेको छ।

वीरगञ्जमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने दिन नै डा. भट्टराईले भेला बोलाएपछि यादव पक्षले त्यसलाई अवैधानिक भनेको हो।

‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा त्यही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनि सामाजिक सञ्जाल लगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको  छ’, केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भनेका छन्, ‘काठमाडौंमा त्यही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित