Khabar Samachar

कांग्रेस केन्द्रीय समितिको बैठक आज

204
VIEWS

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा  दिउँसो १ बजे बस्ने तय भएको छ।

बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने प्रवक्ता डा प्रकाशशरण महतले बताए।

बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित