नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्। संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिन सक्ने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।
थापाले मतदाता नामावलीमा नाम लेखाउन बाँकी रहेकाले अब एक साताभित्र नाम लेखाउनुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई निर्वाचन आयो भन्ने हिसावले अब खट्न पनि आग्रह गरेका थिए।
Discussion about this post