Khabar Samachar

उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने

396
VIEWS

निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णउ भएको जनाएको छ ।‘फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाटै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले ‘वेब बेस्ड भोटर लिस्ट प्रि रेजिष्ट्रेसन सिस्टम’ तयार गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘पाइलट अपरेसनको रूपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट बुधबारदेखि सुरू गर्नेगरी आयोगले मंगलबार निर्णय गरेको छ।’

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको www.election.gov.np मा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ।

त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

‘मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनुहुन आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित