Khabar Samachar

काठमाण्डौं जिल्ला अदालत बारको अध्यक्षमा रामचन्द्र पौडेल विजयी

215
VIEWS

काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् ।
लोकतान्त्रिक बैचारिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् ।
यस अघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाण्डौंको असार १८ मा भएको आन्तरिक प्रतिष्पर्धामा जित हासिल गर्दै पौडेल डिएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।
न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेशागत मर्यादालाई स्थापित गराउँदै सामुहकि शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । अग्रजलाई सम्मान, युवालाई उचित स्थानको भावना अनुरुप आफ्नो टीमले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने उनको भनाई छ ।
पौडेलसँगै बारको सबै पदाधिकारी डिएलबाट नै निर्वासचत भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन । त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।
महिला सदस्यहरुमा उमादेवी प्रसाई र गिता श्रेष्ठ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भएका छन् ।
योसँगै काठमाण्डौं जिल्ला अदालत बार एशोसिएशनमा डिएलएकातर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित