Khabar Samachar

भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी

205
VIEWS

भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो । श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाअनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो ।करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरेर नेपालबाट स्टिल पनि निकासी हुन्छ भन्ने सन्देश दिन र निकासी एउटा प्रक्रिया सुरु गर्न लागिएको अग्रवालले अनलाइनखबरलाई बताए । नेपाललले निर्यात गर्ने स्टिलको मूल्य भारतीय बजारसँग प्रतिस्पर्धी मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु रहेको अग्रवालको भनाइ छ ।

‘सरकारले निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेकाले निर्यात सुरु भएको छ,’ अग्रवालले भने, ‘अहिले प्रक्रिया पूरा गरेर बस्छौं कार्यविधि आएपछि निकासीले केही आकार लिन्छ ।’

भारतीय बजारमा नेपाली स्टिलले मूल्यमा मात्रै प्रतिस्पर्धा गर्नु पर्ने पनि उनले बताए । गुणस्तरमा अब्बल भएकाले अन्य समस्या नभएको अग्रवालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित