पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्‍यु

214
VIEWS

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

५०५५ नमुनामध्ये २२१५ आरटी पीसीआर गर्दा ४०० जना र २८४० एन्टीजेन परीक्षण गरिएकोमा २३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११९५९ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजनार ८०२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित