Khabar Samachar

Search
Close this search box.

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

206
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् ।

राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।

प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित