Khabar Samachar

Search
Close this search box.

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना बारे अध्ययन गर्न समिति गठन गरिने

203
VIEWS

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना बारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । 

थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको नबनाएकोबारे अध्ययन गर्न अध्ययन समिति बनाइने भएको छ । अध्ययन समितिमा काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकहरू रहनेछन् ।

सार्वजनिक जग्गामा बनाएका संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार अस्पताललाई दिएको निर्देशन पालन भए नभएको हेर्न शाह मंगलबार अस्पताल पुगेका थिए । महानगरले लगाएको आरोपमा नर्भिकले कानून अनुसार नै जग्गा भाडामा लिएर भौतिक संरचना बनाएको बताउँदै आएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह हिजो आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन चेतावनी दिएका थिए । मेयरको निर्देशनमा महानगरले २४ घन्टे अल्टिमेटमसहितको सूचना अस्पतालमा टाँस गरेको थियो । उक्त अल्टिमेटम आज २ बजेसम्मका लागि थियो ।

समितिले प्रतिवेदन दिएपछि नियमानुसार भत्काइने भन्दै महानगरका मेयर शाह फर्किएका छन् ।नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित