Khabar Samachar

फोहोरको गाडी तोडफोड गर्नेमाथि कडा कारबाही : मेयर शाह

210
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

आइतबार राति फोहोर लिएर बन्चरेडाँडा ल्याण्डफिल साइटमा पुगेका एक दर्जन बढी गाडी तोडफोड भएको भन्दै मेयर शाहले कारबाहीको चेतावनी दिएका हुन्।

वर्षौँदेखि अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाएका छन्।

GBLIME

‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ।’

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको शाहले उल्लेख गर्दै अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट रहेको बताएका छन्। ‘कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ’ उनले भनेका छन्, ‘ तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ। यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित