Khabar Samachar

काठमाडौंमा फोहोरको थुप्रो देखेपछि हर्क साम्पाङ भन्छन् : प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ

214
VIEWS

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंको यात्रामा छन्।

यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका हुन्।

धरानको विकाका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका उनी यहाँ फोहोरको थुप्रो देखेर निराश नबेका छन्।

काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको उनले बताएका छन्।

हर्कले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको पनि बताए। प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको पनि उनले लेखेका छन्।

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो’, उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित