Khabar Samachar

गठबन्धनले सरकारलाई भन्यो- उपत्यकामा फोहोर थुप्रियो, व्यवस्थापनका लागि पहल गर

206
VIEWS

सत्तारुढ गठबन्धनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उपत्यकामा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेको भन्दै यस्तो सुझाव दिएको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘उपत्यका क्षेत्रमा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा देखिएको समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न सरकारलाई सुझाव गठबन्धन बैठकले दिएको छ ।’

यस्तै महँगी नियन्त्रणका अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई गठबन्धनले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित