Khabar Samachar

राधिकाको जन्मदिनमा ओलीदम्पतीले असहायलाई गराए भोजन

204
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन् । शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् । ओली दम्पती नागार्जुन नगरपालिकामा रहेको उक्त आश्रमको शाखामा पुगेर आइतबार साँझ आश्रितहरूलाई भोजनसमेत गराए ।शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार सहयोग गरिन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् वागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिनालगायतको उपस्थिति थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

अहिलेसम्म करिब ७५०० जनाको उद्धार गरिएको साथै सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा करिब १५०० जना संरक्षित रहेको उक्त अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित