Khabar Samachar

ट्राफिक प्रहरीको विशेष चेकिङमा कलेजका ११८ विद्यार्थी कारबाहीमा

216
VIEWS

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकजाँचका क्रममा ११८ जना विद्यार्थी कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरी कार्यालयका अनुसार चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार ७ जना विद्यार्थीहरू कारबाहीमा परेका छन्। 

त्यस्तै हेलमेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थीहरू कारबाहीमा परेका हुन्। 

कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुईपांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ वटा सवारी साधन दुर्घटना भएका छन्। जसमध्ये ८ हजार ३६४ वटा दुईपांग्रे सवारी साधन रहेका छन्।

सवारी दुर्घटनामा परि १९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ। जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश दुईपांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन्।

उमेर समूहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्ष सम्मका दुईपांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन्।

यसरी सबै भन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित