सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।सभामुख सापकोटाले शुक्रबार ट्विटरमार्फत बिहीबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहेका गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
Discussion about this post