Khabar Samachar

झलनाथ खनालको घोषणा इलाम–१ बाट उम्मेदवार बन्ने

204
VIEWS

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।उनले आफूूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको पनि बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ ।’ आफु सत्ता गठबन्धनको सल्लाह अनुसार नै निर्वाचनमा उमेदवारि दिन लागेको बतएका छन ।  उनले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए ।

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डनको खतरा देखिएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । उनले अहिले आफूूहरु कम्युनिस्ट घटकमध्ये नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्धमा रहेको बताए ।

‘मुलुकका लागि बृहत वामपन्थी एकता आवश्यक थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित